काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल चिसोका कारण स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। उनको सचिवालयका अनुसार रुघा, खोकी, ज्वरो र सास फेर्न गाह्रो भएपछि बुधबार अस्पताल भर्ना गरिएको हो।
सहयोगी लक्ष्मण रेग्मीका अनुसार समस्या जटिल नभए पनि चिकित्सकको सल्लाहअनुसार एक दिन निगरानीमा राखिएको हो। उपचारपछि स्वास्थ्य अवस्था सुधार भएको र बिहीबार नै डिस्चार्ज गर्ने तयारी रहेको उनले बताए।
प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार

