काठमाडौं । देउवा समूहले कारबाही गरेपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमार्फत नै पार्टीको आधिकारिक नेतृत्व चयन हुने दाबी गरेका छन्। उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको भन्दै अब विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने स्पष्ट पारेका हुन्।
१० बुँदामा गगनको जवाफ:
- कारबाहीपछि विशेष महाधिवेशनबाट नेतृत्व चयनको बाटो खुलेको गगनको भनाइ।
- थापा–विश्वप्रकाशसहित नेताहरूलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णयप्रति असहमति।
- विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको र नामावली सार्वजनिक हुँदै गएको जानकारी।
- विधि र विधानअनुसार नेतृत्व चयन भइरहेको भन्दै यही नै आधिकारिक कांग्रेस भएको दाबी।
- विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइने।
- देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा।
- कांग्रेस कसैको निजी कम्पनी नभएको र कारबाहीले आफूहरू नहट्ने स्पष्ट सन्देश।
- संवाद र छलफलका सबै प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जान बाध्य भएको भनाइ।
- विशेष महाधिवेशनले गर्ने निर्णयलाई निर्वाचन आयोगले मान्यता दिनेमा विश्वास।
- देशभरका कार्यकर्ता र शुभेच्छुक विशेष महाधिवेशनसँगै रहेको दाबी गर्दै यही नै असली कांग्रेस भएको ठहर।
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार

