२०८२ माघ ३ गते शुक्रवार | 2026 January 16th Friday

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८२ माघ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस