काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २७८ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार

