२०८२ माघ ३ गते शुक्रवार | 2026 January 16th Friday

आज उच्च मूल्यबाट घट्यो सुनचाँदी

gold price today nepal

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस