२०८२ माघ ५ गते आइतवार | 2026 January 18th Sunday

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो [ सूचीसहित ]

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार १७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८२३ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस