२०८२ पुष २३ गते बुधवार | 2026 January 7th Wednesday

आज कस्तो रहला देशभरको मौसम ?

weather today

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक९दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

 

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस