२०८२ माघ १० गते शुक्रवार | 2026 January 23rd Friday

कुलमानको उज्यालो नेपाल पार्टीबाट केन्द्रीय नेताहरूको सामूहिक राजीनामा (नामसहित)

काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। थेगिमसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पनि साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा पार्टीले स्पष्ट र लिखित वैचारिक धारणा दिन नसकेकाले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन्। थेगिम यसअघि इलाम उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए र उज्यालो पार्टीको समानुपातिक बन्दसूचीमा रहेका थिए।

पार्टी छाडेका नेताहरूले अब पहिचानवादी मोर्चा विस्तार गर्ने र आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने घोषणा गरेका छन्। साथै आगामी निर्वाचनमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिकप्रति दलहरूलाई स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने बताएका छन्।

उनीहरूले ‘नो कोशी’ र ‘नो केबलकार’ अभियानमार्फत धार्मिक–सांस्कृतिक स्थलमाथिको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने र निर्वाचन नजिकिँदै ‘नो भोट’ अभियान चलाउने चेतावनीसमेत दिएका छन्।

No description available.

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस