२०८२ पुष २३ गते बुधवार | 2026 January 7th Wednesday

देशभर पश्चिमी वायुको प्रभाव : उच्च पहाडी भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। यस मौसमी प्रणालीका कारण पहाडी भेगमा बादल लाग्ने र तराईमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ ।

दिउँसोको मौसम आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा उच्च हिमाली भू(भागमा आंशिक बदली हुने देखिएको छ। देशका बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यद्यपि, तराईका अधिकांश स्थानहरूमा दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने देखिन्छ ।

वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ । रातिको मौसमस् आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफा रहने भए पनि तराईका केही स्थानमा भने राति पनि हुस्सु लाग्ने क्रम जारी रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका सीमित स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सतर्कता र सुझाव तराईमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र जाडो बढ्ने भएकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस