२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

weather today

काठमाण्डौँ । आज मंगलबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो सोमबारको भन्दा घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५स्४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो ।

यद्यपि पछि बिहान ८:४५ बजे घटेर सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।

 

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस