काठमाण्डौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै उनीहरूलाई पछुवा गाडीसहित थप सुरक्षा दिने गृह मन्त्रालयको योजना छ ।
पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र शीर्ष नेताबीच भएको छलफलपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तयारी गर्न निर्देशन दिएको गृह स्रोतले जनाएको छ । यसअघि मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएपछि असन्तुष्ट बनेका तीनै नेताको सुरक्षामा फेरि वृद्धि गर्न लागिएको हो ।
गृह स्रोतका अनुसार जोखिम मूल्याङ्कन र सार्वजनिक गतिविधि बढ्ने अवस्थालाई ध्यानमा राख्दै अब केही दिनमै पछुवा गाडीसहित सुरक्षा व्यवस्था लागू गरिनेछ ।
प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार

