२०८२ माघ १० गते शुक्रवार | 2026 January 23rd Friday

अस्ट्रेलियन डलरको मूल्य बढ्दा अमेरिकी डलर सस्तियो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरको भाउ भने बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा छ ।

हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिदर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा छ। हिजो युरो १ को खरिदर १७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ३२ र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ४० र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा थियो ।

 

 

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस