काठमाण्डौँ । सुरुवाती मापनमा आज बुधबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो । हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।
तर पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनस् मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।

