२०८२ फाल्गुन ११ गते सोमवार | 2026 February 23rd Monday

त्रिशूलीमा बस खस्दा १९ जनाको मृत्यु : ३ विदेशीसहित सबैको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौं । धादिङको चरौंदीमा सोमबार बिहान भएको भयानक बस दुर्घटनाले देशै स्तब्ध बनाएको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खस्दा १९ जनाले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा बेलायती, चिनियाँ र भारतीय नागरिकसहित १६ जना नेपाली रहेका छन्। सडकबाट करिब १०० मिटर तल खसेको उक्त बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भइसकेको छ।

मृतकहरूको विवरण:
विदेशी नागरिक: स्टिवर्ट डोमिनिक इथान (बेलायत), जियाङ चोनुम (चीन), र मनिष शुक्ला (भारत)।
नेपाली नागरिकहरू: विवेक बस्तोला (पोखरा), चन्द्रबहादुर कुँवर (स्याङ्जा), ओमकुमार मल्ल (तनहुँ), इन्जिनियर ठकुरी (धादिङ), विष्णुमाया ढकाल (तनहुँ), लोबसाङ गोले (काठमाडौं), हरिप्रसाद सिग्देल (तनहुँ), नबिन्द्र श्रेष्ठ (पाल्पा), रुद्रप्रसाद ढकाल (तनहुँ), अर्चना पौडेल (तनहुँ), अञ्जली क्षेत्री (पोखरा), रोहित नेपाली (कास्की), धनश्याम सुवेदी (स्याङ्जा), अनिशा महर्जन (काठमाडौं), हिरा चौधरी (मोरङ) र सुजित नेपाली (कास्की)।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस