काठमाडौं। फेरि नेपालमा भूकम्प गएकाे छ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको थियाे ।
भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ। भारतका केही भूभागमापनि गएकाे हाे ।
प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार

