२०८२ माघ २० गते सोमवार | 2026 February 2nd Monday

मृत्युमा बालेनलाई जोडिरहेका बेला यस्तो आयो सिटौलाको पोस्टमार्टम रिपोर्ट

काठमाडौं । प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहसँगै चुनावी अभियानमा गएका बेला बेहोस भएका रंगपत्रकार दिनेश सिटौलाको निधन पो`स्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टले उनको नि`धनलाई लिएर सामाजिक सञ्जालमा चलिरहेका अफवाहहरु असत्य सावित गरिदिएको छ । उनको पो`स्टमार्टम रिपोर्टले ग्राण्डी अस्पतालकै आधिकारिक बयानलाई समर्थन गरेको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा सघाउन अछाम पुगेका बखत सिटौला अचानक बे`होस भएर ल`डेका थिए । उनलाई तत्कालै काठमाडौं ल्याएर ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । हिजो अस्पतालले उनलाई मृ`त घोषणा गरेको हो । त्रिवि अस्पतालमा गरिएको पो`स्टमार्टमबाट शरीरमा कुनै चो`टपटकको निशान नदेखिएको प्रहरीको विश्वस्त स्रोतले जानकारी दियो ।

‘बाहिर हल्ला चलेअनुसारको केही पनि होइन, शरीरको कुनै पनि अंगमा चो`टपटक नभएको आधिकारिक सूचना पाएका छौँ,’ स्रोतले भन्यो । अस्पतालले औपचारिकरुपमा पो`स्टमार्टमको रिपोर्ट दिन केही समय लाग्छ । विवादित मृत्युका घटनाहरूमा प्रहरीले अनौपचारिक तवरबाट जानकारी लिने गरेको छ । त्रिवि अस्पतालको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले ब्रे`न ह्या`मरेज नै मृ`त्युको कारण भएको बतायो ।

सिटौलाको निधनलाई लिएर सामाजिक सञ्जालमा नानाथरि शंका-उपशंका र अफवाहहरुको खेती चलेको थियो । ‘फेसबुके न्यायाधीश’ हरुले यो स्वभाविक मृ`त्यु हुनै नसक्ने ठोकुवा गरिरहेका छन् । एउटा कोणबाट यस दुखद घटनाको राजनीतिकरण प्रयास पनि भएको छ । यसमा खासगरी एमालेनिकट पत्रकार र कार्यकर्ता सक्रिय देखिएका छन् । यही विवादलाई निवारण गर्न प्रहरीले परिवारजनलाई मृतकको श`व पो`स्टमार्टम गराउनुपर्ने सुझाव दिएको थियो । परिवारका सदस्यहरुले सुरूमा ग्राण्डी अस्पतालले नै मृ`त्युको कारण खुलाएर रिपोर्ट दिइसकेकाले पो`स्टमार्टम नगराउने अडान लिएका थिए । तर, प्रहरीले कन्भिन्स्ड गरेपछि उनीहरु पनि तयार भए ।

 

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस