२०८२ फाल्गुन १५ गते शुक्रवार | 2026 February 27th Friday

नेपाल भारत सीमामा भूकम्पको धक्का, कहाँ थियो केन्द्रबिन्दु

काठमाडौं । पूर्वी नेपालको संखुवासभा र ताप्लेजुङको सीमामा आज भूकम्प गएको छ । तोप्के गोला केन्द्र बनाएर बिहान ३ः१८ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको छ ।

हिजो फागुन १४ गतेमात्रै नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । हिजो दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसैगरी फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि फागुन १० गते बिहान संखुवासभामा ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस