काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन तीन हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोला १७० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार

