काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार

