२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको हो ।

त्यस्तै, आज सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । सोमबार प्रतिदश ग्राम २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो । चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस