काठमाडौं । काठमाडौंको थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिक एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–११ थापाथलीमा सोमबार अन्दाजी ५० वर्षीय पहिचान नखुलेका पुरुषको शव भेटिएको हो।
घटनास्थल कुमारी मन्दिर नजिकको खुला चौर रहेको र मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनी कसरी र किन त्यहाँ मृत अवस्थामा फेला परे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। शवको पहिचान खुलाउने प्रयाससँगै घटनाबारे थप विवरण जुटाउने काम जारी रहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार

