काठमाडौं । नेपालीले सुन लगानीकर्ताले पछिल्लो ३ दिनमा एक तोलामै ५३ हजार ३ सय गुमाएका छन् । बिहीबार एकैदिन तोलामा साढे २० हजार बढेर सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार, आइतबार र शनिबार तीन दिन लगातार घट्दै सुनको मूल्य प्रतितोला २ लाख ८६ हजारमा झरेको छ ।
यसैगरी चाँदीमापनि तीन दिनमा तोलामै दुई हजार तीन सय पाँच रुपैया गुमाएका छन् । बिहीबार चाँदीको भाउ बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो । लगातार तीन दिनको गिरावटसँगै चाँदीको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार

