२०८२ फाल्गुन १४ गते बिहिवार | 2026 February 26th Thursday

अब ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नपर्ने, परिसकेको भए हटाएर ऋण तिर्न मौका दिइने !

६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाइने

काठमाडौँ । अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणी कालोसूचीमा समावेश नुहने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो । त्यस्तै, कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरे ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाइने पनि मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणी कालोसूचीमा समावेश नुहने भएका छन् । ‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरे बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइनेछ ।’, समीक्षामा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस