काठमाडौं । रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो ।
चुनाब प्रचार कै क्रममा रहेको बेला दिउँसो २ः३० बजेको समयमा बा १५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो । घाइते नबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्याएका थिए ।
उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।

