२०८२ माघ २० गते सोमवार | 2026 February 2nd Monday

बलात्कार गर्दै हाँस्दै किशोरले भिडियो बनाइरहे, स्कुल गर्लले सुनाइन् पीडादायी त्यो घटना

काठमाडौं । बलात्कार जस्ता जघन्य अपराधले विश्व आक्रान्त बन्दै गएको छ । दिनदिनै यस्ता घटना बढिरहेको छ । ब्रिटेनको ह्याम्पशायरको शान्त शहर फोर्डिङब्रिजमा भएका दुई फरक घटना बाहिर आउँदा विश्व स्तब्ध बनेको छ । त्यहाँ दुई नाबालिग किशोरीमाथि गरिएको बलात्कारको मुद्दामा तीन किशोर केटामाथि मुद्दा चलिरहेको छ। साउथह्याम्पटन क्राउन कोर्टमा अभियोजन पक्षले आरोप लगाएको छ कि उनीहरूले बलात्कारको क्रममा भिडियो बनाए र हाँसिरहेका थिए, जबकि पीडित बालिका अत्यन्तै डराएकी थिइन्। ट्रायल २८ जनवरीदेखि सुरु भएको हो। घटनाको समयमा ती केटाहरूको उमेर १३ र १४ वर्ष थियो, अहिले उनीहरू १४ र १५ वर्षका छन्। बाल न्याय शास्त्र अनुसार उनीहरूको पहिचान गोप्य राखिएको छ। उनीहरूलाई आठवटा बलात्कारको आरोप लागेको छ ।

Gold Price Drops Sharply Again Today, What’s the Trading Rate?

पहिलो घटना
न्यूयोर्क पोस्टका अनुसार, एक १४ वर्षीय केटाले स्न्यापच्याटमार्फत १५ वर्षीया किशोरीसँग कुरा गरेर पार्कमा भेट्न बोलाए। किशोरीले भनिन् म भेट्न जाँदा डराएकी थिइन किनकी केटा मनपर्ने भएकाले सहज महसुस गरिरहेकी थिए । उनी अन्डरपाससम्म गइन् र भेट्न राजी भइन्। तर त्यतिबेला अर्को दुई केटा आए र परिस्थिति बदलियो। अभियोजन पक्षका अनुसार, तीनै जनाले बालिकामाथि दबाब दिए, भिडियो बनाए र हाँसिरहे। किशोरीले भनिन् म पूरा डराए, होसहवास उडिसकेको थियो । भिडियो उनी लगातार काँपिरहेकी देखिन्छिन्, जबकि केटाहरूले करिब ९० मिनेटसम्म रेकर्डिङ गरे। पछि ती भिडियोहरू फैलिए र उनलाई अपमानजनक सन्देशहरू आए।

दोस्रो घटनाः जनवरी २०२५, रिक्रिएशन ग्राउन्ड नजिकै
अर्की १४ वर्षीया किशोरीले आरोप लगाएकी छिन् कि तीनै केटाले उनलाई धम्की दिएर बलात्कार गरे। पहिलो आरोपीले चक्कु देखाएर फोन (जसमा एयरट्याग थियो) पसलमा छोड्न बाध्य पारे । ताकि आमाले ट्र्याक गर्न नसून्। त्यसपछि उनलाई रिक्रिएशन ग्राउन्ड र नजिकैको खुला मैदानमा लगियो। दोस्रो केटाको मोबाइलमा रेकर्ड गरिएको भिडियोमा बलात्कार गरिरहेको देखिन्छ । किशोरीले भनिन् कि भाग्ने प्रयास गर्दा उनलाई मार्ने धम्की दिइयो। यद्यपि, सीसीटीभीमा चक्कु देखिदैन र एक साक्षीले किशोरीले आफैं फोन छोड्ने कुरा गरेको बताए। यस घटनामा पहिलो आरोपीमाथि दुई बलात्कार र अश्लील तस्वीर खिच्ने आरोप छ। दोस्रोमाथि चार बलात्कारको आरोप छ। तेस्रो केटा (त्यतिबेला १३ वर्ष) माथि दुईवटा घटनामा मतियार बनेको आरोप छ।

अभियोजन पक्षको भनाइ
जोडी मिटेल केसीले भने, “आरोपीहरूले पीडिताहरूको भावना वा इच्छाको कुनै कदर गरेनन्, उनीहरूले केवल आफ्नै इच्छा पूरा गर्न चाहेका थिए।” तीनै आरोपीले सबै आरोप अस्वीकार गरेका छन्। ट्रायल जारी छ र जूरीको सामु थप प्रमाण प्रस्तुत गरिनेछ। उनीहरु बालक भएपनि दोषि हुन्, कानून अनुसार हुन्छ नै उनले भने ।

 

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस