२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

अहिलेसम्मकै उच्च अंकमा घट्यो सुनको मूल्य

काठमाडौं । चुनावको अघिल्लो दिन अर्थात बुधबार सुन–चाँदीको मूल्य उच्च अंकले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ११ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको २२७ रुपैयाँ घटेको हो । बिहीबार प्रतिनिति सभाको निर्वाचन हुँदै छ ।

बुधबार सुन तोलाको ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख २६ हजार १०० रुपैयाँमा र आइतबार सुनको मूल्य तोलाको ३ लाख २० हजार ६५०० रुपैयाँ रहेको थियो ।

मध्यपूर्वमा बढेको तनाबको कारण पछिल्लो दिनहरुमा सुनको मूल्य निरन्तर उकालो लागेको थियो । तर, आज भने सुनको मूल्य घटेको हो । यसैगरी, बुधबार चाँदीको मूल्य पनि उच्च अंकले घटेको छ । आज चाँदी तोलाको २२७ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य तोलाको ८ हजार ८१५ रुपैयाँ कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य तोलाको ६ हजार २० रुपैयाँ र आइतबार चाँदी तोलाको ५ हजार ९८५ रुपैयाँ रहेको थियो । आइतबारको तुलनामा सोमबार बढेको चाँदीको मूल्य मंगलबार र बुधबार घटेको हो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस