आज सुन चाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं: स्थानीय बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ६०० र चाँदी ३५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ३ लाख २६ हजार १०० र चाँदी ६ हजार २० रुपैयाँ तोकेको छ ।