२०८२ चैत्र १७ गते मङ्गलवार | 2026 March 31st Tuesday

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ६ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ७ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस