काठमाडौं । इरानको गेराश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भू–वैज्ञानिक सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार यो भूकम्प करिब १० किलोमिटरको सानो गहिराइमा रेकर्ड गरिएको थियो ।
भूकम्पको मुख्य प्रभाव क्षेत्र दक्षिणी इरानको फार्स प्रान्त रहेको छ, जहाँ हल्का कम्पन महसुस गरिएको अल जजिराले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । वैज्ञानिकहरूका अनुसार इरान विशेषगरी जाग्रोस पर्वतीय क्षेत्रमा धेरै भूकम्पीय गतिविधि हुने गर्छ र न्यून स्केलका भूकम्पलाई सामान्य मानिन्छन् । तर यो भने धर्ती बाहिरको युद्धको हलचलको असरपनि हुनसक्ने भनिएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते मङ्गलवार

