काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला पाँच हजार ७२० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार

