२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

आज घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस