आज घट्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।