२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

ओलीको दबाब : हिक्मतलाई हटाउन शेरधन सक्रिय

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा कार्कीलाई निरन्तरता दिने सहमति भए पनि ओली पछि हट्दै कार्कीलाई हटाउन सक्रिय भएका हुन्।
ओलीले जिम्मेवारी पार्टी सचिव शेरधन राईलाई दिएका छन्। राई दुई दिनदेखि विराटनगरमा बसेर कार्कीसँग छलफल गर्दै ओलीको सन्देश सुनाएका छन् – “राजीनामा दिनुपर्छ।” तर कार्कीले संवैधानिक संकट आउन सक्ने भन्दै सचिवालयको निर्णय पर्खनुपर्ने अडान राखेका छन्।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा गर्दा संकट आउने तर्क गरेका छन्। तर एमाले पुनर्गठन अभियानमा कार्की सक्रिय भएपछि ओली जसरी पनि हटाउने निष्कर्षमा पुगेका छन्। यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल हटिसकेका छन्।
उच्च स्रोतका अनुसार ओली आफैं सांसदहरूसँग सम्पर्कमा छन्। कार्कीले राजीनामा नदिए सांसदहरूको बहुमत जुटाएर हटाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस