काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षबाट बृद्धि भएको कर्मचारीहरूको तलबमान र सुविधा निर्धारण गरेको छ । अर्थमन्त्रालय बुधबार सबै मन्त्रालय आयोग, सचिवालय र कार्यालयहरूलाई वृद्धि भएको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ता वापतको रकम कायम गरेर त्यसअनुसार गर्न परिपत्र गरेको हो । अब निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब ९० हजार ५९४ हुनेछ । मुख्यसचिवकव सुरू स्केल ८४ हजार ९३२ हुनेछ भने त्यसमा दुई ग्रेडसम्म जोडिने छ । नेपाली सेनाका प्रधान सेनापतिको पनि मुख्यसचिव सरह नै तलब हुनेछ ।
विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५ सय ७६ हुनेछ ।अवकाश प्राप्त गर्ने सचिवहरूद्ये पेन्सन वापत् ६६ हजार ५ सय ३९ रुपैया प्राप्त गर्ने छन् । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र स्वास्थ्य सेवा बार्हौं तहका अधिकृत र संसद सेवाका सचिवको पद तलब पनि निजामती सेवाका सचिव सरह नै हुनेछ । मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद, स्थानीय तहलगायतका कर्मचारीको तलब भत्ता कायम गरेको हो ।

