२०८३ साउन २१ गते बिहिवार | 2026 August 6th Thursday

कांग्रेस आधिकारिकता विवाद–देउवाको पुनरावलोकन निवेदन सर्बोच्चको पूर्ण इजलासमा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ ।

देउवाले दिएको पुनरावलोकनउपर आज पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो । पूर्णइजलाशपछि निर्णय आउने सम्भावना छ । पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

सुनुवाइपछि पुनरावलोकनको निस्सा दिने–नदिने विषयमा इजलासले निर्णय गर्नेछ ।

 

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस