२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बालेनको भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सोमबार भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेट तय भएको छ।

शाहले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएपछि चार महिनापछि मात्र दुवै मुलुकका राजदूतसँग भेटवार्ता गर्न लागेका हुन्। यसअघि उनले चैत २५ गते विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक भेट गरेका थिए।

प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट अस्वीकार गरेका थिए। त्यस्तै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि भेटवार्ता तय नहुँदा अन्तिम समयमा रद्द भएको थियो।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस