२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

देउवा स्वदेश फर्किँदै, फूलमाला अबिरजात्रासहित बाजागाजा र झाँकीले स्वागत गरिने

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झण्डै ६ महिनाको उपचारपछि बिहीबार दिउँसो साढे १२ बजे थाई एयरमार्फत स्वदेश फर्किँदैछन्।
कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागतको तयारी गरेको छ। सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले स्वागतमा विशेष झाँकी प्रस्तुत गरिने जानकारी दिएकी छन्।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा घाइते भएका देउवा सिंगापुर र हङकङमा उपचारपछि स्वदेश फर्कन लागेका हुन्। फर्किएलगत्तै उनले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबार सुरु हुने इतर समूहको तीनदिने राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
भेलामा करिब पाँच हजार नेता–कार्यकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस