२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

रास्वपा नेता यादव सामाजिक सञ्जाल अभद्र टिप्पणीमा पक्राउ

रौतहट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार साँझ करिब ७ बजे उनलाई नियन्त्रणमा लिएको हो। स्थानीय सागर यादवलाई लक्षित गरी अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सामाजिक सञ्जालमा अभद्र व्यवहार गरेको विषयमा अनुसन्धान भइरहेको छ। राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस