२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

लामिछानेको चेतावनी : ‘अहिले गर्न सकेनौं भने युवाको भविष्य नै शंका’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवा नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भन्ने भाष्य स्थापित हुन सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेको सरकार, पार्टी र सदनमा युवा पुस्ता अगाडि रहेको बताए। उनले भने, “युवा भनेर पनि नहुने भन्ने अवस्था आउन सक्छ, अहिले अवसर गुमे भविष्यमा युवाले अवसर पाउन सक्दैनन्।”
लामिछानेले रास्वपाका मन्त्री र सांसदलाई पदमा रमाउने समय नभएको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनले उठाएका विषय देखाउने चुनौती रहेको उल्लेख गर्दै, “फ्रेस छौं, तगडा हुन बाँकी छ, काम गरेर देखाउनुपर्ने चुनौती छ,” भने।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस