२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

हातमा हत्कडी र थुनुवाको पोसाकमा निकालिए पत्रकार किशोर श्रेष्ठ

काठमाडौं – वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ। बुधबार राति पक्राउ परेका श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि हातमा हतकडी र थुनुवाको पोसाक लगाएर कार्यालयमा ल्याइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको पुष्टि गरेका छन्।

उनलाई ललितपुरस्थित निवास नजिकैबाट नियन्त्रणमा लिइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। यसअघि उनको घर र कार्यालयमा प्रहरीले छापा मारेको थियो । तस्बिर- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस