२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

पत्रकार श्रेष्ठको हिरासत सरुवा

काठमाडौं – जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरबाट महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारिएको छ।

२७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका श्रेष्ठलाई एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको भन्दै दिएको उजुरीका आधारमा हिरासतमा राखिएको हो। बिहीबार अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। यसैबीच सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सोमबार बरामद सामग्रीसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस