२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

मैले धेरै विकास र आर्थिक उन्नती गरे, त्यसैले अहिले नेपालमा कोही गरिब छैन -केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले चरम गरिबी नरहेको दाबी गरेका छन्। उनले एमालेले १० वर्ष सरकार चलाउँदा चरम गरिबी अन्त्य गरेको र आफू प्रधानमन्त्री हुँदा मात्र ३ प्रतिशत गरिबी घटाएको उल्लेख गरे। उनले आफूले विकासमापनि ठूलो फड्को मारेको दाबी गरे ।

इलाममा आयोजित कार्यक्रममा ओलीले रोजगारी सिर्जना र विकास निर्माणका कामले गरिबी घटाएको बताए। ‘हाम्रो बहुमत थिएन, तर अरूसँग मिलेर काम गर्दा नेपालमा ३ प्रतिशतले गरिबी घट्यो,’ उनले भने। ओलीले राजमार्ग, रिभर कोरिडोर, राति सञ्चालन हुने एयरपोर्टदेखि शिक्षा क्षेत्रमा समेत एमालेको नेतृत्वमा उल्लेखनीय विकास भएको दाबी गरे। उनले एमालेले गरेका कामको पर्याप्त प्रचार जनतासम्म नपुगेको गुनासो पनि गरे।

 

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस