२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

अर्को केशमा पक्राउ गर्ने सुचना पाएपछि पत्नी छोडेर आए देउवा, आरजु विदेशमै फरार

काठमाडौं – पूर्वमन्त्री आरजु राणा देउवा हाल विदेशमै रहेकी छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि नेपाल फर्किए पनि उनकी पत्नी आरजु विमानस्थलमै पक्राउ पर्ने त्रासका कारण स्वदेश नआएकी हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट ठेक्कामा करिब ८ अर्बको भ्रष्टाचार आशंका गर्दै छानबिन थालेपछि राणालाई बयानका लागि पत्राचार गरिसकेको छ। साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान अघि बढाएको छ। नक्कली भुटानी शरणार्थी काण्डमा पनि उनको नाम जोडिएको छ।
सरकारले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रयास गरे पनि सफल नभएकी राणा विदेशमै छिन्। अर्कोतर्फ, देउवा भने प्रत्यक्ष आर्थिक संलग्नता नदेखिएकाले नेपाल फर्किएका छन्। यद्यपि, उनीमाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान हुने सम्भावना कायमै छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस