२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यस्तो बन्दैछ जेनजी मन्त्रिपरिषद् : छलफलमा व्यस्त प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल सुरु गरेको छ। स्रोतका अनुसार आज नामावली टुंगो लगाएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीले जेन–जी पुस्ताको भावना सम्मान गर्दै जनसहभागितामा आधारित मन्त्री चयन प्रक्रिया अघि बढाइरहेकी छन्। सामाजिक सञ्जाल र अनलाइन फारममार्फत योग्य र सक्षम व्यक्तिहरूको नाम सिफारिस गर्न आम नागरिकलाई आह्वान गरिएको छ।

छोटो कार्यकाल भए पनि सरकारले सक्षम, जनउत्तरदायी मन्त्रिपरिषद् गठन गरेर फागुनमा प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने चुनौती सामना गर्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस