२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एकीकृत समाजवादीका जिल्ला सचिवले पार्टी छाडे

काठमाडौं । नेकपा एकीकृत समाजवादी गुल्मीका सचिव बसन्त अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। अधिकारीका अनुसार, पार्टीले जनताको चाहना विपरीत काम गरेको कारणले उनले यो निर्णय लिएका हुन्।

अधिकारीले पार्टीमा जिल्ला सचिव, युवा संघ गुल्मीको इन्चार्ज, अनेरास्ववियू गुल्मीको इन्चार्ज, जिल्ला संगठन विभाग तथा प्रचार प्रसार विभाग प्रमुखको रूपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस