२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जेनजीलाई साथ दिँदै प्रदेश सभामुखद्वारा राजीनामा

काठमाडौं । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बुधबार आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले ह्वाट्सएपमार्फत उपसभामुख अप्सरा चापागाईलाई पत्र पठाएका हुन्।

पाठकले भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट मानवीय क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए। प्राविधिक कारणले तत्काल औपचारिक पत्र नपठाएको उनले बताए।

राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नभएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस