२०८२ मङ्सिर १९ गते बिहिवार | 2025 December 4th Thursday

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ३ हजार ६२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार १६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार १०८ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस