२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

यस्तो बन्यो १४ सदस्यीय कार्की क्याबिनेट : कसले कुन जिम्मेवारी पाए (सूचीसहित हेर्नुस्)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। शुक्रबार नयाँ नियुक्त चार मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

नयाँ मन्त्रीहरूमा कुमार इङ्नाम (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण), राजेन्द्रसिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा), माधवप्रसाद चौलागाई (वन तथा वातावरण) र श्रद्धा श्रेष्ठ (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) रहेका छन्। यससँगै सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, उच्च सरकारी कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मी र अन्य संवैधानिक अंगका प्रमुखहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस