Warning: Undefined variable $cat_id in /home/janaboli/public_html/wp-content/themes/sulavhost/home-parts/taja-update.php on line 20
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ९२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार

