२०८२ चैत्र १४ गते शनिवार | 2026 March 28th Saturday

आजपनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस